TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक - podcast cover

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Dil Bhusan Pathakhamroaudio.appspot.com
सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु । https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

Minister Yogesh Bhattarai in TOUGH talk with Dil Bhusan Pathak

अहिले सिंगो संसारलाई कोरोना भाइरस कोभिड १९ ले गांजेको छ । चीनबाट फैलिएको ‘नोबल कोरोना भाइरस’(कोभिड–१९) को संक्रमणका कारण संसारभर झण्डै आठ हजार मानिसको ज्यान गइसकेको छ । करिव १ लाख ८२ हजार भन्दा भन्दा बढी मानिस संक्रमित छन् । दक्षिण एसिया लगायत नेपालको सिमा जोडिएको भारतमा पनि कोरोना भाइरसका विरामीहरु बढ्न थालेका छन । आठवटै राष्ट्रका नेताहरुले भिडियोमार्फत छलफल गर्दै, नियन्त्रणका लागि साझा कोष बनाउने प्रतिबद्धता जनाएका छन् । पुर्वाधारको अभावमा कदमकदाचित नेपालमा पनि यसको संक्रमण बढे त्यसले अन्यत्र ...

Mar 20, 202043 min

Dr. Anup Subedee and Sagar Dahal in TOUGH talk with Dil Bhusan Pathak || भाईरसले केपी अोलीको बहुमत सरकार भन्दैन ।

पछिल्लो सयम सन् २००२ र ३ मा फैलिएको सार्स, सन् २००९ र १० मा व्यापक भएको स्वाइनफ्लु, सन् २०१२ मा फैलिएको मर्स, सन् २०१३ मा फैलिएको इबोला, र २०१५ मा फैलिएका जिका ले हामी निकै अत्याएको । र अहिले फैलिएको नोबल कोरोना ले त संसार नै हल्लाएको छ भन्दा पनि हुन्छ । अस्तिसम्म चीनसंग कक्नेटिभिटीको कुरा गरिरहेको विश्वले अहिले एकाएक चीनसंगको आवतजावत नै बन्द गर्ने अवस्थमा पुगेको छ् । यही भाइरसका कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले गत माघ १२ मा संसारभर स्वास्थ्य संकटकाल’ घोषणा नै गर्यो । नेपालमा कोरोना भाइर...

Mar 15, 202049 min

Brikhesh Chandra Lal in TOUGH talk with Dil Bhusan Pathak || सांसदको स्विकारोक्त्ती: मुखमा बुजो लगाईएको छ, संसद सरकारको छायाँमा छ, स्वार्थ समुहबाट परास्त छौं ।

दुई सदनात्मक संसदीय अभ्यास भएका मुलुकहरुमा राष्ट्रिय सभालाई परिपक्व र स्थायी सभाको रुपमा लिइन्छ । हाल प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको मतबाट निर्वाचित हुने व्यक्तिहरु राष्ट्रिय सभाको सदस्य हुन्छन् । त्यसैले राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको प्रतिनिधित्व गर्ने सभा पनि हो । तर व्यवहारिक रुपमा राष्ट्रिय सभा प्रतिनिधि सभाको छाया जस्तो बन्ने गरेको छ । आजका मेरो अतिथि त्यहि सभामा दुई वर्षे कार्यकाल बिताएर बाहिरिनुभएका एक नेता हुनुहुन्छ । राष्ट्रिय सभा कति प्रभावकारी छ ? नेपालको स...

Mar 15, 202049 min

Economist Biswo Poudel in TOUGH talk with Dil Bhusan Pathak || यो दुईवर्षमा सरकारले के गर्यो ?

प्रचण्ड बहुमतसहित एउटै पार्टीको एकल सरकार त बन्यो तर सरकार सञ्चालन गर्ने विगतै जस्तो औसत कार्यशैली देखियो । चुनावमा जनतासंगभोट माग्दा निकै ठूला सपना देखाए पनि सर्वसाधारणले अनुभूति गर्ने खालको परिवर्तन हुन सकेको छैन । यति बलियो सरकार हँुदा पनि किन आर्थिक सुधार हुन सकिरहेको छैन ? किन सरकार बजेट खर्च गर्न सक्दैन् ? विकासको गतिमा अघि बढ्न हाम्रा सामु के बाधा छ ? अथवा बाधक को हो ? बैदेशिक सहायता किन अपेक्षित रुपमा आउन सकिरहेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधार मात्र सुधार हो ? की सर्वसाधारणको ...

Mar 15, 202048 min

CPN Leader Raghuji Panta in TOUGH talk || संविधान संशोधन पार्टीको मुद्दा बन्न सक्दैन् ||

२०४७ सालको परिवर्तन पछि झण्डै २७ बर्ष दलहरुबीच संसदमा सत्ता परिवर्तनका निकृष्ट खेलहरु भए । बाम गठबन्धनले बुहमत ल्याए पांच बर्ष स्थिर सरकार र पार्टी एकतासम्म गर्ने घोषणालाई जनताले विश्वास गरे र संघीय संसददेखि ६ वटै प्रदेशमा बुहमत दिलाए । त्यही बुहमतको बलमा त्यसबेलाका एमाले र माओवादी केन्द्रको गठबन्धन एकिकरण भएर एउटै पार्टी बन्यो – नेकपा । तर चुनाव सकिएको दुई बर्ष नपुग्दै नेकपा अहिले आफ्नै आन्तरिक अस्थिरताको भूमरीमा रुमल्लिन थालेको छ । आफ्नै पार्टीको सरकार र नेताविरुद्ध घात गर्ने खेल सुरु भएको छ ।...

Mar 12, 202052 min

TOUGH talk Tapainsanga : Democracy Dialogue

With great pleasure, we would like to announce the launch of the dialogue series ‘TOUGH talk तपाईसँग’ This new edition of Democracy Dialogue of TOUGH talk is a platform for critical-analytical discussions, discourses and dialogues contemporary issues, current affairs and innovative ideas. This monthly public program is planned to be held on FIRST FRIDAYS of the Nepali month with expertise on specific issue at the national level and some at the subnational level. We do hope that this space will g...

Feb 28, 202033 sec

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको अन्तिम हप्ता || Sarbendra Khanal in TOUGH talk with Dil Bhusan Pathak

अहिले पनि प्रहरी महानिरिक्षक परिवर्तन हुने बेला भएको छ । ३० बर्षे सेवा अवधिका कारण आउंदो माघ २८ गतेबाट प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले अवकास पाउदै हुनुहुन्छ । इन्सपेक्टरबाट सेवा प्रवेश गर्नुभएका उहांले विगतमा गरेका कामका आधारमा प्रहरीको नेतृत्वमा पुग्दा निकै ठूलो सुधारको अपेक्षा थियो । नेपाली राजनीतिका केहि वरिष्ठ खेलाडी लगायत पुराना अपराधका दोषीलाई कठघरामा सम्म पुर्याउन सफल भएपनि झण्डै दुई बर्षे कार्यकालमा खनाल पनि विवारहित बन्न सक्नुभएन । नेपाल प्रहरीको अहिलेको अवस्था के छ ? प्रहरीमा राजन...

Feb 06, 20201 hr 1 min

नयाँ सभामुखका चुनौती के ? || Bipin Adhikari in TOUGH talk with Dil Bhusan Pathak

चार महिनाको रिक्ततापछि प्रतिनिधि सभाको नयां सभामुखमा अग्नी सापकोटा चयन हुनुभएको छ । कुनै एउटा दलको प्रतिनिधिको रुपमा उम्मेद्वार बने पनि संसदमा सभामुखको जिम्मेवारी कुनै पक्ष वा विपक्षमा नलागी संसदको गरिमा र मान्यतालाई उच्च राख्नु हुन्छ । तर लामो विवाद, रस्साकस्सी र राजनीतिक जोडबलमा यस पद सम्हाल्न आईपुग्नु भएका सभामुखलाई राजनीतिक सन्तुलत कायम राखी संसदको गरिमा राख्न निकै कसरत गर्नुपर्ने देखिन्छ । यस अघि संधै सभामुखहहरुमाथि सत्तापक्षको छांया बनेको आरोप लाग्दै आएको अवस्थामा सभामुख सापकोटाले कसरी निष...

Jan 31, 202044 min

Diaspora Edition-I, Sydney, Australia || TOUGHtalk with Dil Bhusan Pathak

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal Network- Media ...

Jan 29, 202047 min

आधुनिक होइन, परम्परागत प्रविधि र सिप: संरक्षणकर्मी रविन्द्र पुरी || Rabindra Puri in TOUGH talk with Dil Bhusan Pathak

कुनै समय काठमाडौं उपत्यका, मन्दिरै मन्दिरको शहरमात्र होइन, कलात्मक र परम्परागत घरहरुहरुका कारण पनि चिनिन्थ्यो । मठ मन्दिरहरुसंगै यहांका परम्परागत शैलीका घरहरुले शहरको शोभा बढाएको थियो । २०७२ सालका आएको भुकम्पले बचेखुचेका परम्परागत घर, मठमन्दिरहरुमा ठुलो क्षति पु¥यायो । पुननिर्माण भएकोमा पनि मौलिक भन्दा आधुनिक शैलीको बढ्ता प्रयोग भइरहेको पाइन्छ । कंक्रिटको प्रयोगले काठमाडौको मौलिकता गुम्न थालेपछि संरक्षणकर्मी रविन्द्र पुरीले एउटा ढल्न लागेको पुरानो घरलाई पुर्ननिमार्ण गरेर ‘नमुना घर’ बनाउनु भयो । ...

Jan 16, 202049 min

गलत गर्नेलाई अंकुश, कि निरंकुश ? डिजिटल डिभाईड के हो ? हामी कति मिडिया साक्षर छौं || Dr. Sudhamshu Dahal in TOUGH talk ||

सरकारले संघीय संसद्मा पेस गरेको सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए नागरिकहरुको विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने भन्दै विरोध भईरहेको छ । नागरिक अधिकारकर्मी, कानूनका ज्ञाता एवं सञ्चारकर्मीहरुबाट यसलाई सच्चाउनुपर्ने माग भइरहेका बेला सत्तारुढ दल नेकपाका सांसदहरुले भने विधेयक जस्ताको तस्तै संसदीय समितिबाट पारित गरी प्रतिनिधि सभामा पेश गर्ने तयारी गरेपछि विरोध झन् चर्किएको छ । प्रविधिको विस्तार संगै त्यसको दुरुपयोग रोक्न कस्तो खालको कानून आवश्यक पर्छ ? सूचना प्रविधि र नया मिडियाको ...

Jan 09, 202045 min

काँग्रेसको किचलो : शेरबहादुर विरुद्ध रामचन्द्र पौडेलले खोले सबै राज || टफटक Ram Chandra Poudel in TOUGH talk

साढे सात दशकदेखि लोकतन्त्रका लागि लड्दै आएको नेपाली काग्रेस आफै भित्रको लोकतान्त्रिक अभ्यासमा आएको ह्रासकाकारण इतिहासकै कमजोर अवस्थामा पुगेको छ । यतिबेला सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वका मुख्य गुटको झगडाले झन् रौद्ररुप लिएको छ । आउंदो महाधिवेशनमा पनि नेतृत्व हुत्याउन सभापति देउवाले पार्टीको विधान नै निलम्बन गरी क्रियाशिल सदस्यता सम्बन्धि प्रावधान फेरेको, आफ्नो समुहको वर्चष्य बढाउन पार्टीमा विभागहरुको संख्या थपेको लगायतका आरोप पौडेल र सिटौला...

Jan 02, 202050 min

संसदमा सक्रिय हुन्छु, विद्या भट्टराई || Bidhya Bhattarai in TOUGH talk with Dil Bhusan Pathak

नेता रविन्द्र अधिकारीको निधन पछि त्यही क्षेत्रबाट सत्तारुढ नेकपाकी उम्मे्दवार स्व. रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले ८ हजार ४ सय ३ मतको भारी अन्तरमा विजय हासिल गर्नुभयो । करिब दुई दशक अघि सक्रिय राजनीतिबाट केही अलग हुनु भएकी भट्टरार्ई पुन सक्रिय राजनीतिमा जोडिन आइपुग्नु भएको छ । नेता रविन्द्र अधिकारीको गत बर्ष फागुन १५ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि दिंवगत अधिरकारी कै श्रीमतिलाई नेकपाले उपचुनावमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । पारिवारिक जिम्मेवारी निर्वाह गर्दै भट्टराई प्राध्या...

Dec 21, 201946 min

छायाँमा परेका कथा र नदेखिएको संभावना || #13thSAG Koshmaya Basnet and Punam Shrestha in TOUGH talk with Dil Bhusan Pathak

दक्षिण एसियाली खेलकुदको १३ औ संस्करणमा नेपालले अहिले सम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्दै ५१ वटा स्वर्ण पदक हासिल ग¥यो । नेपाल उपलब्धीहरुको सिंढी चढ्नुमा खेलाडीहरुका अनेक दुःख संघर्षका कथाहरु जोडिएका छन् । केही खेलमा पाएका पदक र खेलाडीहरुको व्यापक चर्चा परिचर्चा भयो । तर यही भिडमा केही चांही ऐतिहासिक उपलब्धी हासिल गरेर पनि छांया परेजस्तो देखिए । त्यस्तै मध्येका प्रतिनिधि खेलाडीहरु हुनुहुन्छ महिला कबड्डीकी कोषमाया बस्नेत र जुडोकी पुनम श्रेष्ठ । समग्रमा साग खेलकुद कस्तो रह्यो ? अभावका बीच पनि आ आफ्न...

Dec 13, 201944 min

Ayesha Shakya and Modaykaji Shrestha in TOUGH talk with Dil Bhusan Pathak

यसैसाता सुरु भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरुले ऐतिहासिक किर्तिमान बनाइरहेका छन् । औपचारिक रुपमा खेल सुरु भएको पहिलो दिनमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एकै दिन २–२ स्वर्ण पदक दिलाएपछि खेलमा झन् रौनकता थपिएको छ । धावक राजेन्द्र भण्डारीले सन् २००६ को १०औं सागमा ५ हजार मिटर र स्टेपल चेजमा स्वर्ण जित्नुभएको थियो । तर डोपिङ परीक्षणमा असफल भएपछि भण्डारीका दुवै स्वर्ण खोसिएका थिए । त्यसअघि र पछि पनि कुनै नेपाली खेलाडीले एकै सागमा दुई स्वर्ण जित्न सकेका ...

Dec 07, 201951 min

अर्थमन्त्रालयमा विज्ञ मन्त्री : आखिर भयो के प्रगती ? || युवराज खतिवडा Yubaraj Khatiwada in TOUGH talk

लामो राजनीतिक संक्रमणबाट संक्रमित अर्थतन्त्र आर्थिक मामिलाका जानकार र अर्थतन्त्रका नाडी छामेका व्यक्ति नै अर्थमन्त्री हुंदा पनि किन अपेक्षित सुध्रेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधारले सर्वसाधारणको दैनिक जिवनमा कति राहत दिलाएको छ ? किन नेपालमा अझै पनि लगानीमैत्री वातावरण बन्न सकेको छैन ? विकास खर्च किन हुदैन ? २० महिना अघि श्वेतपत्र मार्फत् आफैले देखाएको अर्थतन्त्रको भद्रगोल अवस्थामा अहिले के तात्विक सुधार आयो ? चुनावका बेला घोषणापत्रमा उल्लेखित प्रतिबद्धता कतै टोकरीमा फालिए कि त्यसअनुसा...

Nov 28, 201955 min

सारङ्गी बजाएर २ हजार भन्दा बढी कन्सर्ट गरेका किरण नेपालीको साङ्गितिक यात्रा || Kiran Nepali in TOUGH talk with Dil Bhusan Pathak

समाजले गर्ने हेला र अपमानका कारण पुस्तौदेखि सारंगी बजाउंंदै आएका गन्धर्व परिवारका चर्चित सारंगीवादक किरण नेपालीका बाबु हरिशरण नेपालीले २० वर्षको हुंदासम्म उहांलाई सारंगी छुन नै दिनुभएन । तर आज तिनै सन्तान किरण नेपालीको ख्याती सारंगीकै कारण देश विदेशमा चुलिएको छ । आफ्ना पुर्खाहरुले बजाउंदै आएको सारंगीलाई लोप हुन नदिन उहांले ‘सारंगी प्रोजेक्ट’ चलाएर अहिलेको पुस्तालाई सारंगीबारे शिक्षा दिइरहनु भएको छ । कार्यालय नै खोलेर सारंगी सहितका नेपाली मौलिक बाजा संरक्षणको संस्थागत प्रयासमा लाग्नुभएको छ । पुरा...

Nov 21, 201948 min

नेपाल भारत सीमा विवाद इतिहासदेखि वर्तमानसम्म || Bhesh Bdr Thapa in TOUGH talk with Dil Bhusan Pathak

जब जब सिमा मिचिएको खबर आउछ । तब तब सडक प्रदर्शन देखि राजनीतिक वक्तव्यबाजीको यस्तो श्रृंखला बर्षौदेखि चल्दै आएको छ । केही दिन माहौल तात्छ । अनि विस्तारै सेलाउछ । न नेपालको भूमि फिर्ता आउछ, न यो मुद्दालाई टुंगोमा पु¥याउने गरी हाम्रो राज्यसंयन्त्र नै क्रियाशिल रहन्छ । नेपाल भारतबीचको समस्या किन बर्षौदेखि गिजोलिइरहेका छन् ? कालापानी, सुस्ता लगायतका सिमाका समस्या के हुन् ? दुईपक्षीय समस्या समाधानका लागि सुझाव दिनका लागि बनेको नेपाल भारत प्रबुद्ध समूहको प्रतिवदेन किन अहिले सम्मभारतले बुझ्न मानेको छैन ...

Nov 14, 201952 min

Part-2 : Nepali Scientist Abhash Maskey in TOUGH talk with Dil Bhusan Pathak Full Episode

नेपाली भूउपग्रहले प्राप्त गरेका नयाँ तथ्यहरु के हुन ? अहिले अन्तरिक्षको अवस्था कस्तो छ ? र यस सम्बन्धि नयाँ तथ्यहरु के छन् । अन्तरिक्षमा अन्य भूउपग्रहले कसरी काम गररहेका छन् ? नेपालमा यो सँग सम्बन्धित ज्ञान तथा प्रविधिहरुको विकास कसरी भइरहेको छ ? र हामी कुन अवस्थामा छौ ? यसका लागि हामीसँग कस्ता पूर्वाधारहरु छन् ? हाम्रो सरकारी संरचना नयाँ आविस्कार र प्रविधिको प्रयोगमा कति फ्रेण्डली छन् ? लगायतका प्रश्नहरुको जवाफ खोज्न आज मसँग हुनहुन्छ नेपालस्याट –१ बनाउने मध्येका एक युवा वैज्ञानिक आभास मास्के । ...

Nov 07, 201941 min

Abhash Maskey, Nepali Scientist and Project Manager, NepaliSat-1 in TOUGH talk

नेपालको आकाशमा आइपुग्ने नानो स्याटलाइट बनाउने व्यक्तिहरु हुनुहुन्छ¬– नेपाली युवा बैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहयोगमा जापानमा बसेर उहाहरुले स्याटलाइट निर्माण गर्नु भएको हो । यो स्याटलाइटको सफल प्रक्षेपण भएपछि नेपालले पनि अन्तरिक्षमा आफ्नो उपस्थिति जनाएको छ । यही सफलताका लागि मास्के र श्रेष्ठलाई यसबर्ष सरकारले कीर्तिमय राष्ट्रदीप चौथो पदकबाट सम्मानि पनि ग¥यो । नेपाली भूउपग्रहले प्राप्त गरेका नया“ तथ्यहरु के हुन ? अहिले अन्तरिक्षको...

Nov 03, 201944 min

सभ्य समाजको मान्यता र माननीयहरुको मर्यादा || Kasiraj Dahal in TOUGH talk

गत महिना मात्र तीन जना सांसदमाथि पदीय आचरण विपरितको अभियोग लाग्यो । सभामुख नै भएका व्यक्ति कृष्णबहादुर महरा यौन दुव्र्यवहारको अभियोग प्रहरी हिरासतमा छन् । पटकपटक मन्त्री भएका मोहम्मद अफ्ताव आलम पनि बम विस्फोटका घाइतेलाई इटाभट्टामा जिउ“दै जलाएको अभियोगमा हिसासतमा छन् । व्यक्ति मारिएको एउटा घटनामा आरोप लागेका सांसद पार्वत् गुरुडले अदालतमा गएर बयान दिएपछि साधारण तारेखमा रिहा भए । भ्रष्टाचार, यौनदुव्र्यवहार, अपहरण, हत्या, बम विस्फोट, रातोपासपोर्ट दुरुपयोग लगायतका पदीय आचरण विपरितका गतिविधिमा संलग्न ...

Oct 24, 201952 min

कुटनीतिक मामिलाका जानकार ज्ञानचन्द्र आचार्य || Gyanchandra Acharya in TOUGH talk with Dil Bhusan Pathak

तीब्र आर्थिक बृद्धिका कारण अहिले विश्वको ध्यान चीन तर्फ सोझिएको छ । चीन अबको तीस बर्षभित्र विकशित मुलुक बन्ने लक्ष्य लिएर हिँडेको छ । यही लक्ष्यमा पुग्न उसले विभिन्न मुलुकहरुमा आफ्नो प्रभाव विस्तार गर्दैछ । आर्थिक रुपमा दास्रो ठूलो मुलुक बनिसकेको चीनको चासो भित्र नेपालपनि उच्च प्राथमिकता पर्न थालेको छ र त्यसैको संकेत हो– यसैसाता सम्पन्न चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण । अनि यो भ्रमण २३ बर्ष अघिका तत्कालिन राष्ट्रपति जियाङ जेमिनको भ्रमण भन्दा निकै फरक छ र रणनीतिक पनि । किनकी अहिले चीन एक...

Oct 18, 201947 min

आयुर्वेद र हाम्रो जीवनशैली || Dr. Rishiram Koirala in TOUGH talk with Dil Bhusan Pathak

आधुनिकिकरणसँगै तपाईहाम्रो जीवनशैली पनि बदलिइरहेको छ । गाउँले जीवनपद्धति समेतलाई अहिले शहर लागेको छ । कृषि कर्मबाट जिविकोपार्जन गर्नेहरु अन्य पेशा अंगालीरहेका छन् । पेशा बदलिएसंगै खानपान, जीवनपद्धतिमा निकै उतारचढाव आएको छ । खानपानमा ध्यान नदिदा अनेकौ रोगको समाना गर्नुपर्ने अवस्था आएको छ । तनाव, चिन्ताको मात्रा बढ्दो छ । हाम्रो जीवनशैली अहिले कसरी बिग्रिइरहेको छ ? खानपानको शैली कस्तो छ ? आधुनिक जीवन शैलीमा कस्ता स्वास्थ्य समस्या बढीरहेका छन् । खानपान र मानिसको बदलिएको जीवनशैली सम्बन्धि छलफल गर्न आ...

Oct 10, 201951 min

नेपालको अन्तरराष्ट्रिय ख्याती, डा. सन्दुक रुइत र इन्ट्राओक्यूलर लेन्स || Dr. Sauduk Ruit TOUGH talk

रुईतका बारेमा हलिउड अभिनेता रिचर्ड गिअरले भनेका छन्, रुईत संसारकै सबैभन्दा राम्रा जीवित नेत्र शल्य चिकित्सक र मानवतावादीहरुमध्ये एक हुन् । नेपाल सरकारबाट हालै ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ ले सम्मानित डाक्टर रुइतले एसियाको चर्चित रेमन म्यागासेसे, भारतको पद्यश्री लगायतका पुरस्कार पनि पाउनु भएको छ । यति ठूलो सफलता हासिल गर्नुभएका डाक्टर रुइतको जीवन– संघर्ष र सफलताको एउटा सत्यकथा हो । विपन्न नागरिकहरुको आँखा ज्योति भर्ने काममा उहाँ कसरी लाग्नुभयो ? आँखा उपचारमा उहाँको यो क्रान्तिकारी सफलता कसरी संभव...

Oct 10, 201950 min

सामुदायिक शिक्षा सुधारमा युवा सक्रियता || TOUGH talk with Dil Bhusan Pathak full Episode

हरेक बर्ष विद्यालय शिक्षाको खुड्किलो मानिने एसइई परिक्षाको रिजल्ट आउ“दा सुविधायुक्त विद्यालयमा पढ्ने विद्यार्थीहरु उच्च अंक ल्याएर उर्तिण हुन्छन भने तर गरिबी र आर्थिक क्षमता समेत कमजोर परिवारमा हुर्केका र भौतिक पूर्वाधार राम्रँे नभएका विद्यालयका विद्यार्थीहरुको नतिजा टिठ लाग्दो हुनेगर्छ । शैक्षिक गुणस्तर सुधारका लागि सात बर्षदेखि चलिरहेको ‘टिच फर नेपाल’ नामको स्वयसेवी शैक्षिक अभियान अन्तर्गत अहिले सात वटा जिल्लाका झण्डै ५ दर्जन सामुदायिक विद्यालयहरुमा करिब डेढ सय स्वयंसेवी शिक्षक परिचालित छन् । ...

Sep 26, 201952 min

संविधान, उर्दी र बेइमान नेता | Constitution Special || Bhimarjun Acharya in TOUGH talk

आज भन्दा ठिक ४ वर्ष अघि, २०७२ असोज ३ गते, संविधानसभाबाट संविधान जारी हुँदै गर्दा भनिन्थ्यो, ‘अब यही संविधानले मुलुकका सारा समस्याको गाँठो फुकाउने छ ।’ निकै ठूलो अपेक्षासहित जारी भएको त्यो संविधान कार्यान्वयन भएको चार पुग्यो । तर समस्याका गाँठा ज्यूंका त्यूछन् । संविधान कार्यान्वयनको अभ्यास धेरै सुखद छैन । उही पुरानो रोग, आफु अनुकुलको संविधानको व्याख्या, भ्रष्टाचार, सत्ता लिप्सा, शक्तिको दुरुपयोग, अनि काम भन्दा कुरा बढि । संविधान जारी भएको चारबर्षमै किन नागरिकहरुमा यति धेरै असन्तुष्ट बढ्दैछ ? संव...

Sep 19, 201950 min

काँग्रेसको कथादेखि कलहसम्म || Dr. Shekhar Koirala in TOUGH talk with Dil Bhusan Pathak

धेरैले बीपी कोइरालालाई आदर्श मान्छन् । अझ का“ग्रेसी नेता कार्यकार्ताहरु त महामानव नै । त्यसैले हरेक बर्ष बीपी कोइरालाको जन्मजयन्तीको आसपास उहा“को समाजवादी विचारको औधि चर्चा हुन्छ । तर बीपीले अघि सारेको विचार अनुसार सहि ढंगले न त काग्रेस हि“ड्ेको छ न तीनका नेताले नै उहा“को आदर्शलाई अबलम्बन गरेका छन् । ७० बर्षदेखि काग्रेस राजनीतिको केन्द्रमा छ । ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि यसै पार्टीले ग¥यो, तर पछिल्लो समयक्रममा का“ग्रेस आफ्नै पार्टी भित्रको किचलो भन्दा माथि उढ्न सकेको छैन् । जसको परिणाम ...

Sep 13, 201945 min

प्राज्ञिक चेत भन्दा राजनीतिक चेत हाबी || Prof. Basudev Kafle in TOUGH talk with Dil Bhusan Pathak

शिक्षा जति गुणस्तरीय भयो, त्यसबाट उत्पादन हुने जनशक्ति त्यति नै समक्ष हुन्छ । तर नेपालमा बर्षौदेखि गुणस्तरीय शिक्षाको बहस चलिरहेको भएपनि त्यस अनुसार शिक्षामा सुधार भएको छैन । नेपालको शिक्षामा विश्वास नगरेर बर्षेनी ५० हजार भन्दा बढी विद्यार्थी विदेश पढ्न जान्छन् । र उनीहरुसँगै बर्षेनी झण्डै एक खर्ब पैसा विदेशिन्छ । शिक्षा क्षेत्रमा समेत चरम राजनीति छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि विश्वविद्यालयको उपकुलपति बन्नका लागि समेत राजनीतिक झिनाझपटी चल्छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकको ...

Sep 05, 201949 min

इन्टरनेटमा पहुँच : विकासको मार्ग कि बढ्दो असुरक्षा ? || Anandaraj Khanal in TOUGH talk with Dil Bhusan Pathak

सूचना प्रविधिमा भएको विकासले गर्दा हाम्रो दैनिक जीवन नै प्रविधिसंग जोडिन पुगे पनि असुरक्षा त्यतिनै छ । व्यक्ति, संस्था कसैका निजी विवरणहरु अर्थात डेटाहरु सुरक्षित छैनन् । साइबर एट्याक हुन थालेको छ । यसै सातामात्र बैंकिड प्रणाली नै ह्याक गरेर नेपालका बैकका एटिएमबाट ठूलो मात्रामा रकम निकाल्ने अन्तराष्ट्रिय गिरोह पक्राउ परेको छ । प्रहरीको तालिमका लािग संवेदनशिल सामग्री राखिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कम्यूटर नै ह्याक भएको छ । सूचना प्रविधिको प्रयोगमा आएको सहजतासंगै कस्ता सुरक्षा जोख...

Sep 05, 201949 min
For the best experience, listen in Metacast app for iOS or Android