TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक - podcast cover

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Dil Bhusan Pathakhamroaudio.appspot.com
सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु । https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

Dr. Jyotindra Sharma in TOUGH talk

स्वाभाविक रुपमा प्रधानमन्त्रीको स्वास्थ्यको ख्याल अधिकतम हुनुपर्छ । र त्यसका लागि अधिकतम प्रविधियुक्त अस्पतालको चाहना गर्नुलाई अन्यथा लिन पनि नमिल्ला । तर अब नेपालमै पनि व्यवस्थित र सुविधा सम्पन्न अस्पतालनहरु बन्ने क्रम बढेको छ । नेपालका चिकित्सकहरुले पनि चिकित्सा क्षेत्रमम उलेख्य उपलब्धी हासिल गरिरहेका छन् । शहीद गंगालाल अस्पताल, तिलगंगा आखा अस्पताल, धुलिखेल अस्पताल जस्ता स्वास्थ्य केन्द्रहरुले निकै राम्रो उपलब्धी हासिल गरिरहेका छन् । तर नेपालमा उच्च पदमा रहेका व्यक्तिहरुले उपचारका नाम विदेश जा...

Aug 21, 201950 min

ठुला माछा, साना माछा र अख्तियार || CIAA Commissioner Dr. Ganeshraj Joshi in TOUGH talk with Dil Bhusan Pathak

‘भ्रष्टाचार गर्दिन’ भन्ने नारा लेखिएकै स्थानमा बसेर घुस लेनदेन हुन्छ । जुन दृश्य देख्दा ‘भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउने’ भन्ने सरकारको नीति भद्दामजाक जस्तो लाग्छ । तल देखि माथिसम्म अनियमितता गर्नेमा कोही चोखा छैनन् । पारदर्शीता र कानुनको पालना गर्ने सपथ खाएर पदमा पुगेका प्रशासक र जनप्रतिनिधिहरु समेतको मिलेमतोमा अनियमित काम भइरहेको छ । नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ ? ठूला घोटालाहरुको अनुसन्धान कहा“ पुगेको छ ? भ्रष्टाचार भनेको पैसा लेनदेन र घुस मात्र हो ? अख्तियारले किन सानालाई मा...

Aug 15, 201948 min

संसद र सांसद कस्तो हुनुपर्छ ? प्रदीप गिरीको मिहीन विश्लेषण || Pradeep Giri in TOUGH talk with Dil Bhusan Pathak

संसद जनताबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुको थलो हो । जसको मुख्य काम कानून बनाउने, सरकार निर्माण गर्ने र सरकारमाथि निगरानी गर्ने हो । जब यो मुल कामबाट संसद चुक्न थाल्छ अनि यो ‘गफ, होहल्ला र सत्ताको गलफत्ती गर्ने थलोमा रुपान्तरित हुन्छ । विगतका संसद भन्दा पछिल्ला संसदको प्रभावकारी घट्न थालेको छ । सांसदको ध्यान आफ्नो मुख्य काम कानून निर्माण गर्ने भन्दा अन्यत्र छ । संसद सरकारको एउटा अंग जस्तो बन्दै गइरहेको छ । र सांसद उसको नियन्त्रणमा । नेपालको संसद किन प्रभावकारी हुनसकेको छैन ? संसदमा कानून बन...

Aug 08, 201951 min

हरेक दिन १० लाखले हेर्ने हाम्रो पात्रोको सफलताको कथा ! || TOUGH talk with Dil Bhusan Pathak ||

नेपालीहरुले निकै मनपराएको र तपाई हामी घेरैको मोबाइलमा हुने गरेको एउटा एप हो – हाम्रो पात्रो । नेपालीका लागि नेपालीले नै बनाएको यो एप ५० लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ ।यो बुहउपयोगी र चर्चित एपका निर्माता हुनुहुन्छ – नेपाली युवा शंकर उप्रेती । अमेरिकाको बोस्टन युनिभर्सिसिटीमा कम्प्यूटर इन्जिनियर अध्ययनका क्रममा उहाँले नेपालीहरुलाई सजिलो होस् भनेर सन् २००९मा यो एप बनाउनु भएको हो । एपको लोकप्रियता बढ्दै गएपछि सन् २०१५ मा उहाँले बार्षिक एक करोड भन्दा बढी कमाई हुने जागिर छोडेर पूर्ण रुपमा यसैको ...

Aug 01, 201942 min

पूर्व कार्यबहाक महालेखा परिक्षक सुकदेव भट्टराई खत्री Sukadev Bhattarai Khatri in TOUGH talk with Dil Bhusan Pathak

सरकारको नेतृत्व गर्ने राजनीतिक नेता र प्रशासकहरु भ्रष्टाचार नियन्त्रण र सुशासनका ठूल्ठूला गफ गर्छन् । सरकारी नीति र कार्यक्रममा वितीय सन्तुलन तथा मितव्ययिताको नारा खुबै राखिन्छ । तर व्यवहारमा भने ठिक उल्टो छ । हाम्रा शासकीय संरचना र त्यसमा रहने व्यक्तिहरु किन भ्रष्टाचारमा यतिविध्न लिप्त छन् ? नेता, कर्मचारी, प्रकाशक, प्राज्ञिक, ठेकेरदार सबैक्षेत्र भ्रष्टाचारको दलदलमा पर्नु पछाडीको चुरो के हो ? जनता नबोलेर वा गतिलो सम्यन्त्र नभएर ? सर्वसाधारणबाट कसेर कर उठाउने अनि त्यो रकमको चरम दुरुपयोग हुने स्थ...

Jul 25, 201945 min

धर्म निरपेक्षतामा काँग्रेस स्पस्ट छ, महामंन्री कोइरालाका कुरा निजी हुन् | Krishna Sitoula in TOUGH talk

विस्तृत शान्ति सम्झौता मार्फत् हिंसात्मक विद्रोह छोडी माओवादी शान्तिपूर्ण बाटोमा आएको १३ बर्ष पुगिसकेको छ । तर यति लामो समय बितिसक्दा पनि २०५२ सालदेखि १० बर्ष सम्म चलेको हिंसात्मक घटनाका पीडितहरुले अझै न्याय पाएका छैनन् । माआवादी पार्टी आफै पटक पटक सत्ताको नेतृत्वमा पुग्यो । तर, न जिम्मेवार नेता यसको समाधानबारे गंभिर देखिन्छन् न त पीडित जनताले कुनै राहत महशुस गर्न सकेका छन । शान्ति प्रक्रियाका बांकी काम किन १३ बर्ष सम्म पुरा हुन सकेनन् ? हिंसापीडितले न्याय पाउन कति पर्खनुपर्ने हो ? नया“ संविधान ...

Jul 18, 201940 min

१० बर्ष भारतको नाकाबन्दी होस्, नेपालले भयंकर प्रगती गर्छ || Madan Rai TOUGH talk

तपाई हामीले प्रयोग गर्ने भान्सा अहिले बिषादीको भण्डार बनिरहेको छ । हाम्रो भान्सामा भित्रिने कति विदेशी वा स्वदेशी तरकारी, फुलफुल लगायतका खाद्य सामाग्रीको बिषादी परिक्षण गरिएकै हु“दैन । यसका कारण हामी दैनिक खानास“गै बिष पनि खाइरहेका छौ । मानव जीवनमा गम्भिर असर पार्ने यस्तो बिषादीको प्रयोग रोक्न न त हाम्रँे सरकारी संयन्त्र सक्षम छ । न विदेशबाट गुणस्तर मापदण्ड पुरा गरेका सामग्री मात्र नेपाल भित्रिने सुनिश्चिता छ । किन हामीले आफ्ना लागि समेत उत्पादन गर्न सकेनौ र अर्काको विषादीयुक्त उत्पानद खाइरहेका ...

Jul 11, 201946 min

कुटनितिक र रणनितिक मामिलामा नेपाल || Madan Kumar Bhattarai in TOUGH talk with Dil Bhusan Pathak

नेपालको परराष्ट्र मामिला नीति स्थिर नरहेको कुरा बषौंदेखि उठ्दै आएको छ । पछिल्लो समय अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउने कोशिस गरेपछि त्यसमा नेपाल जोडिन हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको छ । चीनको बिआरआई, भारतले जोड दिएको बिमस्टेक जस्ता क्षेत्रीय मञ्चहरुमा पनि नेपाललाई एउटा रणनीतिक पार्टनरको रुपमा हेरिएको छ । अन्य मुलुकहरु रणनीतिक ढंगले अघि बढीरहेका बेला हामी चाहीँ हाम्रो परराष्ट्र नीति किन मजबुत बनाउन सकिरहेका छैनौ ? परराष्ट्र नीतिमा किन हाम्रो राजनीतिक दलहरुको एकमत हुुँद...

Jul 04, 201945 min

नेपालमा यस्तो हस्तक्षेपको अनुमान गर्छन् सौरभ || Saurabh in TOUGH talk with Dil Bhusan Pathak

खासमा नागरिकको अपेक्षा र सरकारको कायैशैलीबीचको तालमेल कहाँ मिलेको छैन ? किन हाम्रो शासकीय शैली बदलिएको छैन ? अन्य भन्दा तुलनात्मक रुपमा अपेक्षा गरिएका नेता केपी ओलीको लोकप्रियताको ग्राफ घटेको हो कि ? उहाँमाथि घेराबन्दी किन बढ्न थालेको हो ? नेपालको विकास प्रयास र शासकहरुको दृष्टिकोणमा कतै खोट छ कि ? विदेशीहरु नेपालको विकासमा साझेदार बन्न सक्छन् कि उनीहरु नेपाललाई आफ्नो स्वार्थको चलखेल गर्ने मात्र बनाउन खोज्छन् ? यस्तै जिज्ञासाहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, विश्लेषक तथा लेखक सौरभ ।

Jun 27, 201950 min

गुठी विधेयकको बिवाद र अन्तर्य || Radheshyam Adhikari in TOUGH talk with Dil Bhusan Pathak

७० बर्षदेखि लोकतान्त्रिक शासन प्रणालीका लागि लड्दै आएको प्रमुख विपक्षी दल काग्रेसले सरकारलाई लोकतन्त्रको सिमा नाघ्न खोजिरहेको आरोप लगाइरहेको छ । लामो सयमदेखि एकछत्र शासन सत्तामा रहेदै आएको काग्रेसलाई अहिले विपक्षीमा बस्नुपर्दाको पिडा मात्र हो कि सांच्चै सरकार लोकतान्त्रिक सिमा बाहिर जान खोजेको हो ? संसदभित्र छलफल नभई सडकबाट कानूनको फैसला गर्नु पर्ने अवस्था किन आउँदैछ ? कि विधेयकको नाममा अरु नै खेल हुँदैछ ? संविधान जारी भएपछि देशमा स्थिरता आउँछ र धेरै राजनीतिक समस्याको समाधान भई विकासको दिशामा अग...

Jun 20, 201949 min

सयबर्षे संस्कृतिविद् टफटकमा आफ्नो अनुभव साट्दै | Satya Mohan Joshi in TOUGH talk with Dil Bhusan Pathak

सत्यमोहन जोशी । साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास । जसको नाम सुन्ने वित्तिकै धेरैले श्रद्धाले शिर निहु¥याउछन् । साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्ष टेक्दै हुनुहुन्छ । नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक–पटकका राजनीतिक परिवर्त...

Jun 13, 201948 min

मिडिया काउन्सिल बिधेयक: बन्देजको खतरा कि नियमनको तरिका || Sudheer Sharma in TOUGH talk with Dil Bhusan Pathak

सरकारले हालै संसदमा ‘मिडिया काउन्सिल’ सम्बन्धि विधेयक पेश गरेपछि नेपाली प्रेसमा खैलाबैला मच्चिएको छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चिता गरेपनि यो सरकारले न्यायिक अधिकार सहितको नियन्त्रित मिडिया काउन्सिलको प्रस्ताव गरेको र यसले मिडियाहरुको स्वतन्त्रतापूर्वक लेख्ने, प्रकाशन र प्रशारण गर्ने अधिकार कुण्ठित हुने आरोप लागेको छ । सरोकारवाला निकाय र नागरिक अधिकारमा काम गर्ने संघ संस्थाले विधेयक फिर्ताको माग गरेका छन् । तर सरकार विधेयक फिर्ता लिने पक्षमा छैन । अनि सरकारका प्रवक्ता, सञ्चारमन्...

Jun 13, 201950 min

मलाई असफल बनाउन ठुलो गिरोह लागेको छ || Kulman Ghising in TOUGH talk with Dil Bhusan Pathak

एउटा कुसल व्यवस्थापक नेतृत्वमा रह्यो भने उसको उपस्थितिले कति फरक पार्दो रहेछ त ? भन्ने दृश्य यो तीन बर्षको अवधिमा देखिएको छ । नेपाल विद्युत् प्राधिकारणको प्रमुख व्यवस्थापकमा कुलमान घिसिङ नियुक्त भएपछि उहाँले लोडसेडिङ मात्र हटाउनु भएन, विद्युत् उत्पादन, वितरण र व्यवस्थापन लगायतका क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्नुभएको छ । विद्युत् क्षेत्रमा लोडसेडिड अन्त्य बाहेक के केमा सुधार गर्नुभयो ? प्राधिकरणमा बस्दा कस्ता खालका राजनीतिक र प्रशासनीक दावव झेल्नु पर्यो ? के नेपाल अब उर्जामा आत्मनिर्भर हुनसक्छ...

Jun 13, 201945 min

नेकपाका नेता भन्छन् अहिलेको सरकारले पार्टी चिन्न सकेन Ghanshyam Bhusal in TOUGH talk with Dil Bhusan

नेकपा एमाले र एकिकृत माओवादीबीच पार्टी एकता भएर ‘नेकपा’ गठन भएको एक बर्ष नाघेको छ । यद्यपी पार्टीका संबै निकायहरुको एकता जिम्मेवारीको बाँडफाँड अझै सकिएको छैन । बरु एकताको पूर्ण काम नसकिदै दुई अध्यक्षहरुबीच सत्ता हस्तान्तरणको बिषयले आन्तरिक खटपट बढ्न थालेको छ । एकता गर्दा प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्कपमल दाहालले हालै अबको १५ महिनापछि नेतृत्व फेरिने अभिव्यक्ति दिएपछि नेताहरुबीचको खटपट बाहिर आएको हो । सत्ताको खिचातानी र एकतापछिको पार्टीमा आफ्नो राजनीतिक स्पेस के हुन...

Jun 13, 201944 min

केल्भिन क्लाईन र लिभाइज जस्ता अन्तराष्ट्रिय ब्राण्डमा नेपाली मोडल || Anjali Lama in TOUGH talk with Dil Bhusan Pathak

मोडलिङ सोहरुमा उहाँको चर्चा हुने गरेको छ । अन्तराष्ट्रिय रुपमा समेत उहाँको चर्चा चुलिनुको कारण हो, उहाँको फरक पहिचान । तेस्रोलिंगी समूदायबाट अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उहाँ नेपालको पहिलो मोडल पनि हुनुहुन्छ । नेपालको संविधान र कानूनले नागरिकता, पासपोर्ट, वैवाहिक प्रमाणपत्र लगायतका प्रशासनिक कागजात महिला र पुरुष बाहेक ‘अन्य’ पहिचानबाट पनि प्राप्त गर्न कानूनी बन्देज छैन । तर संविधान र कानूनले अधिकारको सुनिश्चिता गरेपनि यौनिक तथा लैगिक अल्पसंख्यकप्रति हेर्ने समाजको दृष्टिकोण बदलिएको छैन ...

Jun 13, 201945 min

समसामयिक राजनीतिका बारेमा राजनीतिशास्त्री हरि शर्मा || Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak

जेठ १५ गणतन्त्र स्थापनाको दिन मात्र होइन शासकीय संरचना, शैली र प्रबत्तिको समिक्षा गर्ने एउटा अवसर पनि हो । लोकतान्त्रिक गणतन्त्र कति मजबुत हुन्छ भन्ने कुरा हामी यो व्यस्थालाई कति समृद्ध बनाउनतिर लाग्छौ त्यसमा निर्भर रहन्छ । वितेको एक दशकमा हामीले संविधान सभाबाट संविधान जारी ग¥यौ । संघीयताको व्यवहारिक अभ्यास थाल्यौ । शासकीय संरचनामा केही भएपनि तल्लो तह र सिमान्तकृत समूहलाई जोड्ने प्रयास पनि ग¥यौं । तर हाम्रो शासकीय शैली, चिन्तन र प्रबृत्तिमा धेरै सुधार आएको छैन । देखिदैन् । गणतन्त्र स्थापनापछि पह...

May 30, 201947 min

न्यायालयमा राजनीति र नागरिकता बिवादको भित्रीतथ्यको तथ्यपूर्ण खुलासा Yubaraj Sangraula in TOUGH talk with Dil Bhusan Pathak

स्वतन्त्र रहनुपर्ने न्यायपालिका, राजनीतिक व्यक्ति र विवादितहरुको अखडा बने त्यसले कस्तो न्यायासम्पादन गर्ला ? गंभिर प्रश्न उठेको छ । न्यायाधिसहरुको आचरण, फैसला र नियुक्तिको प्रक्रियामा निरन्तर आइरहेका यस्तै प्रश्नले न्यायपालिका नै कमजोर बनिरहेको टिप्पणी हुन थालेको छ । न्यायपालिका किन यस्तो विकृत बन्दैछ ? न्यायालयभित्र एउटा नागरिकले न्याय पाउन कति संघर्ष गर्नुपर्छ ? राजनीतिक भागबन्डा, वकिल, न्यायाधिस र विचौलियाहरुले हाम्रा अदालतलाई कुन हदसम्म कमजोर बनाइसकेका छन् ? न्यायालयलाई राजनीतिक हस्तक्षेप र ...

May 12, 201946 min

विमानस्थल काण्ड र विजय लामाको प्रष्टोक्ति | Vijaya Lama in TOUGH talk

चालक दलका १४ सदस्यसहित २ सय ७६ यात्रु बोर्ड गरेर उडानका लागि तयार नेपाल वायुसेवा निगमको वाइड बडी विमानको निर्धारित दुवई उडान अकस्मात रद्द भयो । घटनाको छानविन गर्न बनेको समितिले एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय लिन नसकेको र बिमानस्थलमा भएका निगमका कर्मचारीले सञ्चार समन्वयमा कमजोरी गरेको निष्कर्ष निकाल्यो, र घटनासँग सम्वन्धित विभिन्न निकायका ६ जना कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस ग¥यो । आखिर त्यो दिन के कारण उडान रद्द भयो ? निगमका पाइलट र एटीसीका प्राविधिकबीच जुंगाक...

May 09, 201945 min

भ्रष्टाचारको भण्डाफोरः हामीले तिरेको करमा रजाईँ गर्ने को ? Tankamani in TOUGH talk

बर्षेनी महालेखापरिक्षकको प्रतिवेदन आउँछ । अनियमितताको सूची सार्वजनिक हुन्छ । तर जिम्मेवार पदमा बसेका शासक प्रशासक न त कारवाहीको दायरामा आउछन् । न आफूलाई सच्चाउछन् नै । हाम्रा शासकीय संरचनामा आर्थिक अनुशासन कति सम्म बिग्रेको छ ? सरकारी निकायहरुले कुन हदसम्मको आर्थिक बेइमानी र कानून उल्लंघन गरेका छन् ? सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्नुपर्ने दायित्व बोकेका संबैधानिक निकायहरु किन आर्थिक अनुशासनमा कमजोर छन् ? हरेक बर्ष आउने महालेखा परिक्षकको प्रतिवेदन कर्मकाण्डी मात्र हो कि कसैको घैटोमा घाम पनि लाग...

May 02, 201949 min

लोकतन्त्र दिवस : शासन व्यवस्थाको खरो समीक्षा Krishna Pahadi in TOUGH talk with Dil Bhusan Pathak

२०६२–६३ को जनआन्दोलन सफल भएको ठिक १३ बर्ष पुगेको छ । त्यही आन्दोलनको जगमा राजतन्त्र फालियो र गणतन्त्र स्थापना भयो । संविधानसभाबाट नयाँ संघिय संविधान लेखियो । अनि संघीय संरचनाअनुसार तीन तहका सरकार बने । राजनीतिक रुपमा यी उपलब्धी भएपनि लोकतन्त्रले आम जनताको जीवनलाई छुन सकेको छ्रैन । जनताबाट चयन भएका भनिएका प्रतिनिधिहरु नै नयां राजाको स्वरुपमा उदाएका छन् । राष्ट्रपति सडकमा हिँड्दा सर्वसाधारणको बाटो रोकिन्छ । चाकडी र चाप्लुसी गर्नेहरुलाई पदक बाड्ने राजतन्त्रकालिन विकृतिले लोकतन्त्रकै चिरहरण भएको छ ।...

May 02, 201942 min

श्रममन्त्री गोकर्ण विष्ट टफटकमा किन हाँसे ? Gokarna Bista in TOUGH talk

बैदेशिक रोजगारीमा जाने श्रमिक हुन वा आन्तरिक रुपमा काम गर्ने श्रमिक । श्रमिक व्यवस्थापनमा सरकारको पछिल्लो नीति के छ ? देशमै रोजगारी श्रृजना गर्छु भन्ने सरकार बैदेशिक रोजगारीको बाटो खुलाउन किन लागि परेको छ ? बैदेशिक लगानी भित्राउन सम्मेलन गर्ने सरकाले आन्तरिक लगानी सहज बनाउन र श्रमिकका समस्या सुल्झाउन के गर्दैछ ? मलेसियामा रोजगारीका लागि कामदार पठाउने प्रक्रिया र जापानसँग गरिएको श्रम सम्झौता के हो ? प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना जस्ता हेर्दा उत्कृष्ट लाग्ने कार्यक्रम किन व...

Apr 04, 201946 min

लगानी सम्मेलन त गर्छौ, तर हामी स्वदेशी लगानीकर्ताको मुड डाउन छ । Shekhar Golchha in TOUGH talk with Dil Bhusan Pathak

बैदेशिक लगानी भित्राउनका लागि भन्दै सरकारले शुक्रबार र शनिवार दुई दिनसम्म लगानी सम्मेलन गर्दैछ । झण्डै ६ दर्जन परियोजनाहरुलाई संभावित लागानीको सूचीमा राख्दै झण्डै ३० खर्ब रुपैया भित्राउने लक्ष्य राखिएको छ । लगानीका लागि आवश्यक पर्ने कानूनी संरचना, शान्ति सुरक्षाको अझै भरपर्दो वातावरण भइनसकेको टिप्पणी पनि भइरहेकोे छ । स्वदेशकै लगानीकर्ताहरु अझै पनि लगानीको उपयुक्त वातावरण श्रृजना हुन नसकिरहेको गुनासो गरिरहेका छन् । के सरकारको दाबी अनुसार देशमा लगानीमैत्री वातावरण श्रृजना भएको हो ? स्वयं देशभित्रक...

Mar 28, 201946 min

आठ बर्षको आरोहण रेकर्ड सात महिनामा तोड्दै निम्स Nirmal Purja in TOUGH talk with Dil Bhusan Pathak

एकजना नेपाली युवा आकर्षक जागिर छोडेर विश्व कीर्तिमान राख्न हिमाल आरोहणमा निस्कन लाग्नु भएको छ । मासिक छ लाख रुपैया तलब, सामजिक सुरक्षाका योजना र झण्डै ७ करोड रुपैयाको पेन्सन माया मारेर हिमाल आरोहणमा निस्कन लाग्नु भएका म्याग्दीका निर्मल पुर्जाकोे महत्वकांक्षी योजना छ – ७ महिनाको अवधिमा विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटै हिमाल आरोहण गर्ने । आउदो मार्च २० बाट सुरु हुने उहाको यो महत्वकांक्षी योजना ‘प्रोजेक्ट पोसिबल’ सफल भए यसअघिको ७ बर्ष ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडिने छ । विगतमा पनि ह...

Mar 21, 201940 min

सिके राउतलाई काखा बिप्लवलाई पाखा किन ? Upendra Yadhav in TOUGH talk with Dil Bhusan Pathak

तराई मधेशको मुद्दालाई स्थापीत गर्न भूमिका खेल्ने यही दलका अध्यक्ष उपेन्द्र यादव हाल केपी ओली नेतृत्वको सरकारका उपप्रधान तथा स्वास्थमन्त्री हुनुहुन्छ । तर मधेसकै बिषयसंग जोडिने पछिल्ला राजनीतिक घटनाक्रममा यादव सिनमा देखिएका छैनन् । सरकारले गत साता विखण्डनको मुद्दा बोकेर हिड्ने सिके राउतसंग सहमति ग¥यो । सरकारमा नै रहेका यादव यो प्रकरणमा कतै बाहिर देखिनुभएन । सरकारमा रहँदा पनि कतै हराए जस्तो देखिने यादवले केहिलेकाही विपक्षीको जस्तो भूमिका प्रदर्शन गर्न पनि छुटाउनु भएको छैन । आजहामी संघिय समाजवादी फ...

Mar 15, 201943 min

सडकमा सत्र बर्ष Krishna Maya Bulun in TOUGH talk

नेपालमा नारी दिवस औपचारिक रुपमा मनाउन थालिएको ५९ बर्ष भयो । यो अवधिलाई केलाउँदा नेपालमा महिलाका दुईटा तस्वीर देखा पर्छन् । पहिलो तस्वीर हो, विभेदको । अझै पनि महिलाहरु बलात्कृत भइरहेका छन्, छाउपडी गोठमा ज्यान गुमाईरहेका छन्, बोक्सीको आरोपमा मलमुत्र ख्वाइने घटना अझै हुँदैछन्, छोरा नपाएको र दाइजो नल्याइएको निहुँमा हुने घटना बारम्बार दोहोरिइरहेका छन् । त्यस्तै अर्को तस्वीर छ, प्रतिनिधित्वको । राष्ट्रपति र सभामुख जस्ता उच्च ओहदाका राजकीय पदहरुमा महिला छन् । महिला नै प्रधानन्यायाधिस पनि भइसकेका छन् । ...

Mar 07, 201953 min

प्रदेश सरकार बनेपछि कर्णालीको समग्र विकासको गति कस्तो छ ? Chief Minister of Karnali Mahendra B. Shahi in TOUGH talk.

आज हामी कर्णालीका कुरा गर्छौ । कर्णाली भन्नेवित्तिकै गरिबी, अशिक्षा, बेरोजगारी, भोकमरी यस्तै अनेक बिम्बहरु झकिल्छ । अपार सम्भावना भएर पनि यहाका जनता बर्षौदेखि दुःखकष्ट खेपिरहेका छन् । अहिले शासकीय संरचना बदलिएर कर्णाली छुट्टै प्रदेश बनेको छ । तर केन्द्रीकृत शासन र प्रादेशिक शासनको अभ्यासले कर्णालीलाई तात्विक फरक पारेको छैन । राज्यसत्ता पहिले सिंहदबारमा मात्र थियो । अहिले कर्णालीमै पुगेको छ । सिंहदरबार मात्र होइन जनताले आशा गर्ने केन्द्र सुर्खेत पनि भएको छ । एक बर्ष अघिबाट प्रादेशिक अभ्यास सुरु भ...

Mar 01, 201949 min

हरि बुढा मगर र विनोद बुढाथोकी Hari Buda Magar and Vinod Budhathoki in TOUGH talk टफ टक

आज मसँग दुई जना विशेष अतिथि हुनुहुन्छ, हरि बुढा मगर र विनोद बुढाथोकी । ११ वर्षको कलिलो उमेरमा विहे गर्नुभएका मगर सन् १९९९ जनवारीमा ब्रिटिश आर्मीमा भर्ना हुनुभयो । मगरको जीवनमा त्यतिबेला बज्रपात पर्र्यो, जतिबेला उहाँले अफगानिस्तान युद्धमा बम विस्फोटमा परेर आफ्नो दुबै खुट्टा गुमाउनु पर्र्यो । अहिले तिनै हरि सगरमाथा चड्ने कठोर तयारीमा हुनुहुन्छ । दुवै गोडा नभएका हरिले यसबीच संसारका कैयन अग्ला अप्ठ्यारा शिखर उक्लिनु मात्र भएन, जेनेभासम्म पुगेर उहाँको जस्तो अपांगता भएकाहरुलाई सगरमाथाको चुचुरोसम्म पुग...

Feb 21, 201955 min

डा. गोविन्द केसीका माग र चिकित्सा शिक्षा विद्येयकमाथी शिक्षा मन्त्रीसँग खरो बहस Minister Girirajmani Pokharel in TOUGH talk टफ टक

विपक्षी दलले संसद घेराउ गरिरहेका बेला, एउटा सत्याग्रही डाक्टर र नागरिक समाजका अगुवाले समेत विधेयक सुधारौ भन्दा भन्दै सरकार चिकित्सा शिक्षा विधेयक पारित गर्न किन हतारियो ? संसदको दुई तिहाई मतको बल देखाउन खोजेको हो ? कि डाक्टर केसीले भनेजस्तै कुनै मेडिकल कलेज सञ्चालकहरु, अझ उहांको शब्दमा सरकार र संसद माफियाहरुको स्वार्थको शिकार बनेको हो ? वा यही विधेयकको व्यवस्थाले पनि चिकित्सा शिक्षा सुधारको केही ढोका खोलेको छ कि ? यीनै प्रश्नको जवाफ खोज्न आज टफ टकमा मसंग हुनुहुन्छ– शिक्षा, विज्ञान तथा प्रविधिमन्...

Feb 21, 201953 min

कप्तान पारस खड्का र चर्चित खेलाडी सोमपाल कामी Paras Khadka and Sompal Kami in TOUGH talk टफ टक

आम जनताको हौसला, खेलाडीको कौशलता जति भए पनि खेलकुद क्षेत्रलाई हांक्ने कुशल नेतृत्व चाहिन्छ भाषण होइन । खेलाडीले आफ्नै बलबुतामा अन्तराष्ट्रिय प्रतियोगिता जितेर आएपछि विमानस्थलमा स्वागत, खादा, माला पहि¥याउन राजनीतिक नेतृत्व अघि सर्छ । अन्य समयमा खेलकुदका आवश्यक पूर्वाधार तयार गर्न र खेलाडीका लागि अनुकुल वातावरण तयार गर्दैन । बरु खेलकुदभित्रै अनावश्यक राजनीति भित्राउँछ । यस्तै तुच्छ राजनीतिका कारण नेपाली क्रिकेटलाई नेतृत्व गर्ने नेपाल क्रिकेट संघ नै निलम्बित अवस्थामा छ । यस्तो अवस्थामा पनि नेपाली ख...

Feb 21, 201948 min

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बांस्कोटा Gokul Banskota in TOUGH talk टफ टक

प्रधानमन्त्री ओलीले गत बर्ष पद सम्हाले लगत्तै अब राजनीतिक स्थिरता, विकास, सुशासन र समृद्धिको ढोका खुलेको बताउनु भएको थियो । त्यसैले संसदको प्रचण्ड बहुमतबाट बनेको ओली सरकारसंग जनताका थुप्रै अपेक्षा थिए । तर एक बर्षलाई फर्केर हेर्दा शक्तिशाली सरकार कतै अल्मलिए जस्तो, आफ्नो गति पक्रिन नसके जस्तो देखिएको छ । सरकार किन अपेक्षित गतिमा हिड्न सकेको छैन ? सरकार सञ्चालनमा केही बाधा पो छन् कि ? कि सरकारले काम गर्दा गर्दै पनि गर्न सकेन भनेर पूर्वाग्रही टिप्पणी मात्र गरिदैछ ? यस्तै प्रश्नको जवाफ खोज्दै सरकार...

Feb 21, 201948 min
For the best experience, listen in Metacast app for iOS or Android