सडकमा सत्र बर्ष Krishna Maya Bulun in TOUGH talk - podcast episode cover

सडकमा सत्र बर्ष Krishna Maya Bulun in TOUGH talk

Mar 07, 201953 min
--:--
--:--
Download Metacast podcast app
Listen to this episode in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episode description

नेपालमा नारी दिवस औपचारिक रुपमा मनाउन थालिएको ५९ बर्ष भयो । यो अवधिलाई केलाउँदा नेपालमा महिलाका दुईटा तस्वीर देखा पर्छन् । पहिलो तस्वीर हो, विभेदको । अझै पनि महिलाहरु बलात्कृत भइरहेका छन्, छाउपडी गोठमा ज्यान गुमाईरहेका छन्, बोक्सीको आरोपमा मलमुत्र ख्वाइने घटना अझै हुँदैछन्, छोरा नपाएको र दाइजो नल्याइएको निहुँमा हुने घटना बारम्बार दोहोरिइरहेका छन् । त्यस्तै अर्को तस्वीर छ, प्रतिनिधित्वको । राष्ट्रपति र सभामुख जस्ता उच्च ओहदाका राजकीय पदहरुमा महिला छन् । महिला नै प्रधानन्यायाधिस पनि भइसकेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहका तिनवटै सरकार र संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत भन्दा बढी छ । काठमाडौ उपत्यकामा १७ बर्षदेखि टेम्पु चलाइरहनु भएका एक महिला आज हाम्रो अतिथी हुनुहुन्छ । राजधानीको जञ्जागोल सडकमा १७ बर्ष टेम्पु चलाउँदा उहाँले यो शहर र यहाँका मान्छेलाई कसरी चिन्नुभयो ? महिला भएर सार्वजनिक सवारी चलाउँदा उहाँले कति दुःख हण्डर खेप्नुभयो ? हरेक बर्ष आउने नारी दिवसले उहाँजस्ता व्यक्तिको जीवनमा के महत्व राख्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज म सँग हुनुहुन्छ टेम्पो चालक कृष्णमाया बुलुन ।
For the best experience, listen in Metacast app for iOS or Android