TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक - podcast cover

TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक

Dil Bhusan Pathakhamroaudio.appspot.com
सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु । https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।
Last refreshed:
Follow this podcast in the Metacast mobile app to refresh it and see new episodes.
Download Metacast podcast app
Podcasts are better in Metacast mobile app
Don't just listen to podcasts. Learn from them with transcripts, summaries, and chapters for every episode. Skim, search, and bookmark insights. Learn more

Episodes

कोरोना नियन्त्रणमा केन्द्रीय सरकार होईन, बरु प्रदेश र स्थानीय सरकार चुकेका छन् । Bhanu Bhakta Dhakal in TOUGH talk

जनस्वास्थ्यसंग जोडिएको यति ठूलो संकट किन राम्ररी व्यवस्थापन हुन सकेको छैन भन्ने जन गुनासो सवत्र छ ? समूदायको फैलिएको संक्रमण रोक्नका लागि सरकारले के गर्दैछ ? उपचार नै नपाएर मानिसहरु मर्नुपर्ने अवस्थाालाई हामी कसरी सम्हाल्न सक्छौं ? यति ठूलो स्वास्थ्य र मानवीय संकट आइलाग्दा जनताका लागि काम गर्छौै भन्ने कम्यूनिष्ट पार्टीको सरकार किन सत्ता र शक्तिमा अलमलिलएको छ ? के यो सत्ता राजनीतिको खेल खेल्ने समय हो ? स्वास्थ्य सामग्री खरिद अनियमितता देखि व्यव्स्थापनमा भएको लापरवाहीको जिम्मेवार को हो ? यस्तै प्र...

Aug 13, 202048 min

भारतको अर्घेल्याईं र हाम्रो कुटनीतिक अपरिपक्वता ओलीको अभिव्यक्त्तिलाई लिएर गिज्याउॅंदा हामीलाई नै घाटा पुग्छ । आजको टफटकमा दुई पुर्व मन्त्री तथा राजदुत ।

भारतको अर्घेल्याईं र हाम्रो कुटनीतिक अपरिपक्वता ओलीको अभिव्यक्त्तिलाई लिएर गिज्याउॅंदा हामीलाई नै घाटा पुग्छ । आजको टफटकमा दुई पुर्व मन्त्री तथा राजदुत ।

Jul 23, 20201 hr 6 min

जथाभावि राजदुत भेट्ने नेताहरुको नाम सार्वजनिक गर्छौ || Minister for Foreign Affairs Pradeep Gyawali

कुटनीतिक मर्यादामा नबस्ने राजदुतलाई कारवाही हुन्छ । जथाभावि राजदुत भेट्ने नेताहरुको नाम पनि सार्वजनिक गर्छौं । एमसीसीमा हाम्रा नेताहरुका डबल स्टयाण्डर्ड देखिए । सभामुखले संसदलाई बिजनेस दिन सकेनन् । जथाभावी फलाक्ने भारतीय मीडियाको ध्यानाकर्षणका लागि राजदुतलाई निर्देशन दिइएको छ ।

Jul 09, 20201 hr 18 min

तपाईंको प्रदेशमा कस्तो बजेट आयो ? सबै प्रदेशका मन्त्री टफटकमा || TOUGH talk Tapainsanga || COVID19 Special Ep.54

दर्शकवृन्द तपाईं कुन प्रदेशमा बस्नुहुन्छ ? तपाईलाई थाहै होला, यतिबेला हाम्रा सातवटै प्रदेशले आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गरेका छन् । तर तपाई हामीले ती प्रदेश तथा स्थानीय सरकारहरुले कसरी कस्तो बजेट बनाइरहेका छन र कसरी खर्च गर्छन कति चासो दिएका छौ ? यो भएन र त्यो भएन मात्र भन्छौ की आफु सामुन्ने सरकारका काम कारवाहीलाई चासोपुर्वक नजिकबाट पनि हेर्छौ । तपाईको प्रदेशले हालै सार्वजनिक गरेको बजेट समग्रमा कस्तो छ ? कोरोना संकट समाधानका लागि बजेटले कति सम्बोधन गर्न सकेको छ ? प्रदेश सरकारले तप...

Jun 18, 20201 hr 29 min

सरकारको गति कता र कति ? विश्लेषक खगेन्द्र प्रसाई || Dr. Khagendra Prasai in TOUGH talk with Dil Bhusan Pathak

दुई बर्ष अघिको चुनावमा राजनीतिक दलहरुले निकै ठूला नारा लगाए– ‘अब राजनीतिक आन्दोलन सकियो, चुनावपछि मुलुक समृद्धिको बाटो तर्फ डोहोरिने छ ।’ दलहरुले गरेका ती प्रतिबद्धता अहिले फर्केर हेर्दा बेकार लाग्छन् । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नारा लगाउने प्रधानमन्त्री केपी ओलीकै जोडबलमा व्यापारिक स्वार्थ समूहका अनुकुलमा काम भएका समाचार आइरहेका छन् । नेकपा पार्टीभित्र पनि आन्तरिक विवादको भूमरी छ । सरकारमाथि खबरदारी गर्नुपर्ने प्रमुख विपक्षी दल काग्रेस आफ्नै आन्तरिक झगडाको दलदलमा फसेको छ । जनताले चुने...

Jun 01, 202046 min

नेपाली श्रमिकलाई कोरोना भाईरसको प्रभाव र क्षतिपूर्ति । विज्ञ तथा नीति निर्माता के भन्छन् ?

नेपाली श्रमिकलाई कोरोना भाईरसको प्रभाव र क्षतिपूर्ति । विज्ञ तथा नीति निर्माता के भन्छन् ?

May 01, 20201 hr 7 min
For the best experience, listen in Metacast app for iOS or Android